चिसोका कारण भूकम्पपीडित सुत्केरीको मृत्यु

भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी जाजरकोटको नलगाड नगरपालिका–८ की २५ वर्षीया शर्मिला चदाराको आइतबार राति मृत्यु भएको हो ।

नेपालभ्युज

चिसोका कारण भूकम्पपीडित सुत्केरीको मृत्यु

काठमाडौं । जाजरकोटमा त्रिपालमुनि रात कटाउदै आएकी भूकम्प पीडित एक सुत्केरीको चिसोले कठाङ्ग्रिएर मृत्यु भएको छ ।

भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी जाजरकोटको नलगाड नगरपालिका–८ की २५ वर्षीया शर्मिला चदाराको आइतबार राति मृत्यु भएको हो ।

उनी एक महिनाकी सुत्केरी थिइन् ।

नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको पुष्टि गरेका छन् । नवजात छोरीको अवस्था भने समान्य रहेको बताइएको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए ।

पछिल्लो समय चिसोका कारण भूकम्प प्रभावित बृद्ध, बद्धा तथा बालबालिकालाई समस्या हुन थालेको छ । चिसोकै कारण करिब १ दर्जन पीडितको ज्यान गइसकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved