कला परिषदमा भिजुअल आर्ट प्रदर्शनी सुरु

नेपालभ्युज

कला परिषदमा भिजुअल आर्ट प्रदर्शनी सुरु

काठमाडाैं । नेपाल कला परिषद् बबरमहलमा ६ दिने भिजुअल आर्ट प्रदर्शनी सुरु भएको छ । आइतबार  नेपालका लागि बेलायतका राजदूत महामहिम रोब फेनले प्रदर्शनीको उद्घाटन गरे ।

श्रीस क्रिएटिभ आर्ट्स इनिसिएटिभ, यती एयरलाइन्स, द ब्रिटिस कलेज, भर्सेली गोर्खा समाज र गोर्खा वेलफेयर ट्रस्ट (नेपाल) बीचको सहकार्यमा सुरु भएको प्रदर्शनी नोभेम्बर मंसिर ९ देखि १३ सम्म सार्वजनिक अवलोकनका लागि खुला छ।

गोर्खा सैनिकहरूले देखाएको बहादुरी, प्रतिबद्धता र वफादारीका कथाहरू सुन्दै आफ्नो बाल्यकाल बिताएका कलाकार सुजाना श्रीसको प्रदर्शनीमा अनुसन्धान, फिल्डवर्क, अन्तर्वार्ता र सिर्जनात्मक कलाकृतिहरू समावेश गरिएको छ । गोर्खा महिलाहरूको खोजी अनुसन्धानको क्रममा ७ जिल्लाको भ्रमण गरे ।

गोर्खा महिलाहरूको कलाकृति (स्केचहरू) र उनीहरूका आफ्नै अनुभवहरूका कथनहरूको संयोजनको प्रदर्शनी एकतर्फी गोर्खा इतिहासको विगत २०० वर्षको अवधिमा उनीहरूको मौन वा बेवास्ता गरिएको भूमिकालाई सम्मान गर्ने प्रयास हो । अर्कोतिर इतिहास अभिलेखमा फ्रान्सेली कार्ट्रिज पेपरमा ग्रेफाइट माध्यम प्रयोग गरी जम्मा १७ वटा फरक गोर्खा महिलाको स्केच पोट्रेटहरू छन्। सबै साक्षात्कारकर्ताहरू ७० वर्ष भन्दा माथि उमेरका थिए।

यो वर्ष नेपाल र ग्रेट ब्रिटेनले डिसेम्बर २१, १९२३ मा शाश्वत शान्ति र मित्रताको सन्धिमा हस्ताक्षर गरेर नेपाललाई स्वतन्त्र सार्वभौमसत्ता राष्ट्र र साम्राज्यको ‘मित्र’ को रूपमा मान्यता पाएको युगको १०० औं वार्षिकोत्सवको समय हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved