महिला चलचित्रकर्मीको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

नेपालभ्युज

महिला चलचित्रकर्मीको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।

शनिवार काठमाडौंमा आइवार्ट नेपाल इन्टरनेशनल वुमेन्स फिल्म फेस्टिबल, २०२३ लाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले सरकारले महिला चलचित्रकर्मीहरुलाई कसरी प्रर्वद्धन गर्ने भन्नेबारेमा विभिन्न हिसावले सोचिरहेको बताईन्। उनले संविधानले महिलाको समावेशिताको विषय उठाएको र सबै क्षेत्रमा महिलाले विकास गर्दै गइरहेको पक्ष आफैँमा राम्रो भएको बताईन् ।

उनले भनिन, ‘यस क्षेत्रमा महिला चलचित्र कर्मीले जसरी प्रयत्न गरिरहनुभएको छ, त्यो उद्देश्यसँग पुग्न नेपाल सरकारसँग चलचित्र विकास बोर्ड छ । राज्यले महिला चलचित्रकर्मीहरुलाई कहाँ सहयोग गर्नसक्छ, त्यो गर्नेछ ।’

मन्त्री शर्माले राज्यले महिला चलचित्रकर्मीहरुलाई आवश्यक सहयोग गर्ने बताईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved