पूर्वराजा ज्ञानेन्द्र शाह झापामा, पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने

नेपालभ्युज

पूर्वराजा ज्ञानेन्द्र शाह झापामा, पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको शालिक अनावरणको लागि झापा पुगेका छन् ।

झापामा पूर्वराजाको भ्रमण सफल र भव्य बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तयारी गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन डेढ सातादेखि झापामै बसेर भ्रमणको चाँजोपाँजो मिलाइरहेका थिए । दुर्गा प्रसाईंले काठमाडौंमा हजारौं मान्छे उतारेपछि राप्रपाका लागि पूर्वराजाको भ्रमण विशेष बनाउनुपर्ने चुनौती छ ।

धुलाबारी नजिकै निन्जाखोलाको पुल वारीबाट विशाल मोटरसाइकल र्यालीको तयारी गरिएको छ ।  पूर्वराजा नागरिकको स्वागत अभिनन्दन पछि  इकम कलेज पुग्ने छन् । त्यहाँ पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम छ ।

पूर्वराजाले स्थानीय बुद्धिजिवी र नेताहरुसँग भेटघाट र भलाकुसारी गर्नेछन् । पूर्वराजाको भ्रमणलाई भव्य, ऐतिहासिक र सफल बनाउन पार्टीको सम्पूर्ण शक्ति परिचालन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved