बोरामा पोको पारिएको अवस्थामा भरतपुरमा महिला र पुरुषको शव भेटियो

नेपालभ्युज

बोरामा पोको पारिएको अवस्थामा भरतपुरमा महिला र पुरुषको शव भेटियो

काठमाडौं । जुटको बोराभित्र पोको पारिएको अवस्थामा चितवनमा दुई वटा शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित केरुङ्गा खोलाको पुलमुनी बोराभित्र शव फेला परेको हो ।

छुट्टाछुट्टै बोरामा पोको पारेको बोराभित्र शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितकाअनुसार बोराभित्र अन्दाजी ३० वर्षका एक महिला र एक पुरुषको शव भेटिएको छ । ‘दुवै जनाको हात-खुट्टा बाँधिएका छन् । मुखमा टेप समेत लगाइएको छ ।’ उनले भने ।

केरुङ्गा खोलामा माछा मार्न गएका एक स्थानीयले गन्धसहितको बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । शव बुधबार दिउँसो फेला परेको हो । शवको सनाखत हुन बाँकी छ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved