म्याङलुङका मेयरले बाँडे बालबालिकालाई न्यानो

नेपालभ्युज

म्याङलुङका मेयरले बाँडे बालबालिकालाई न्यानो

तेह्रथुम। तेह्रथुमको म्याङलुङ नगरपालिकाका नगर प्रमुख संजयकुमार तुम्वाहाङफेले जाडोको न्यानो कपडा वितरण गरेका छन्। नगरका बालबालिकाहरुलाई चिसोबाट जोगाउनका लागि उनले न्यानो कपडा वितरण गरेका हुन् ।

शनिबार एक कार्यक्रमको आयोजना गरि उनले जाडोको न्यानो कपडा वितरण गरे । न्यानो कपडामा सुईटर, जुत्ता लगायतका साम्रगी रहेको नगर प्रमुख तुम्वाहाङफेले जनाएका छन् । उनले आफ्नै खर्चबाट बालबालिकालाई न्यानो वितरण गरे ।

जाडोमा बालबालिकाहरु चिसोबाट बच्न र बचाउनका लागि भन्दै सो कार्यक्रा गरिएको नगर प्रमुख तुम्वाहाङफेले जानकारी दिए । यसरी न्यानो कपडा पाउँदा बालबालिकाहरुमा खुसी छाएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved