सिटी मार्केटमा नक्कली नोट दिएर सामान खरिद, वीरगञ्जबाट दुई पक्राउ

नेपालभ्युज

सिटी मार्केटमा नक्कली नोट दिएर सामान खरिद, वीरगञ्जबाट दुई पक्राउ

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–८ स्थित सिटी मार्केटमा नक्कली नोट दिएर सामान खरिद गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–३ का उमेश कुमार र वीरगञ्ज महानगरपालिका–३१ का ऋषिलाल पटेल रहेका छन् । उनीहरुले एक साताअघि सिटी मार्केटमा नक्कली नोट दिएर कपडा खरिद गरेको प्रहरीले जनाएको छ ।

नक्कली नोट दिएर सामान खरिद गरेको सूच्ना पाएपछि प्रहरीले उनीहरुलाई खानतलासप् दिएको थियो । सो क्रममा उनीहरुको साथबाट ३८ हजार नक्कली नोट फेला परेको थियो ।

नक्कली नोटहरू बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिई खोटा चलन सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved