बल्खुमा एक जनाको शव भेटियो, अन्य २ स्थानमा २ जनाको मृत्यु

नेपालभ्युज

बल्खुमा  एक जनाको शव  भेटियो, अन्य २ स्थानमा २ जनाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले आज मृत अवस्थामा फेला परेको छ ।

यसैगरी, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढाडमसिना सामुदायिक वनको भीरमा सोही गाउँपालिका–३ खनार बस्ने ७० वर्षीय छविलाल खत्रीको आजै शव भेटिएको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली बस्ने ६० वर्षीय सर्लु कुमारको कमला खोलामा डुबेर आज मृत्यु भएको छ । नुहाउने क्रममा उनी डुबेका हुन् । तीनवटै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved