चिसोका कारण भूकम्पपीडित २ जनाको मृत्यु

नेपालभ्युज

चिसोका कारण भूकम्पपीडित २ जनाको मृत्यु

काठमाडौं। जाजरकोटमा भूकम्पबाट जोगिएका २ जनाले चिसोका कारण ज्यान गुमाएका छन्  । उनीहरूको समयमै उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक चिसोका कारण भूकम्पपीडितको ज्यान जान थालेको हो ।

दम र निमोनियाका बिरामीहरूको ज्यान जान थालेको हो ।

शुक्रबार नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो । गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको हो ।

दमका दीर्घरोगी गोपालबहादुरका चार छोरा नै मजदुरीका लागि भारत छन् । जेठा महेन्द्रको भने ६ वर्षदेखि अत्तोपत्तो छैन । एक्लै बस्दै आएका उनी भूकम्पले घर चर्किएपछि त्रिपालको ओत लागेर बस्दै आएका थिए ।

नगलाडमा भूकम्पले ४ हजार घर भत्किएका छन् भने करिब २ हजार १ सय घरमा क्षति पुगेको छ ।

त्यसमध्ये झन्डै ३ हजार परिवारलाई प्रतिपरिवार एक÷एक थान त्रिपाल र कम्बल तथा एक बोरा चामल पहिलो चरणमा वितरण गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved