कोशी कांग्रेसले स्वीकारेन संसदीय दलका नेता थापाको राजीनामा

नेपालभ्युज

कोशी कांग्रेसले स्वीकारेन संसदीय दलका नेता थापाको राजीनामा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले संसदीय दलका नेता उद्धव थापाले दिएको राजीनामा अस्वीकार गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले उनले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनको आह्वान गरेपछि सत्तारुढ गठबन्धनले प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो । तर कांग्रेसका ८ सांसदसहित विद्रोह गर्दै केदार कार्की २७ असोजमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved