सपनामा साना बच्चा देख्नाले दिन्छ यस्तो संकेत

नेपालभ्युज

सपनामा साना बच्चा देख्नाले दिन्छ यस्तो संकेत

एजेन्सी । रातमा सुतेको बेला विभिन्न प्रकारका सपना देखिन्छन् । स्वप्न शास्त्रका अनुसार हरेक सपनाको एउटा खास महत्व हुन्छ । केही सपनाले शुभ फल दिन्छन् भने कतिपयले अशुभ फल दिन्छन् ।

आउनुहोस् जानौं विशेषज्ञ ज्योतिषका अनुसार सपनामा साना साना बच्चा देख्नुको अर्थ कस्तो हुन्छ ।

सपनामा साना बच्चालाई देख्नुले कुनै खुशीको खबर आउनुलाई संकेत गर्छ । यसप्रकारको सपनाले घरमा समृद्धिको संकेत पनि दिन्छ । यस्तो सपना देखिएमा तपाईं खुशी हुनुपर्दछ ।

सपनामा रोइरहेको बच्चालाई देख्नुको अर्थ तपाईंको कुनै इच्छा छिटै पूरा हुनेछ भन्ने संकेत हो । यस्तो सपनाले कहिलेकाँही घरमा ठूलो बिमारीको संकेत पनि ल्याउँछ ।

सपनामा बच्चा दौडिरहेको देख्नुको अर्थ तपाईंको जीवनमा परिवर्तन आउँदैछ भन्ने जनाउँछ । यस्तो सपनाको संकेतले तपाईं कुनै ठूलो कार्यमा सामेल भइरहेको जनाउँछ ।

सपनामा हाँसिरहेको बच्चा देख्नाले राम्रो समाचार पाउने संकेत दिन्छ । यस्तो सपनाले घरमा खुशी तथा बिग्रेको काम पूरा हुने संकेत दिन्छ । यस्तो सपनाले आर्थिक लाभ हुने संकेत पनि दिन्छ ।

सपनामा हाँसिरहेको वा रोइरहेको जुम्ल्याहा बच्चा देख्नु भनेको जागिरमा उन्नती हुने संकेत हो । निसन्तान दम्पतीका लागि यस्तो बच्चा सपनामा देख्नु शुभ मानिन्छ ।

सपनामा यदि तपाईंले कुनै नवजात शिशुलाई काखमा लिएको देख्नुभएको छ भने यसको अर्थ कुनै आफ्नो नजिकको आफन्त वा साथीभाईको घरमा बच्चा जन्म हुने खुशीको खबर आउने संकेत दिन्छ ।

सपनामा यदि तपाईं कुनै ठूलो बच्चालाई देख्नुहुन्छ भने पनि शुभ संकेत मानिन्छ । यस्तो सपनाले तपाईंको जीवनमा सकारात्मक परिवर्तन लिएर आउँछ भन्ने मान्यता रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved