भूकम्प पीडितको बास खुला आकाशमुनि

घरहरू भत्किएका छन्। कतिपय चर्किएर बस्न नसक्ने अवस्थामा छ। सद्धे घर अरूमा पनि भूकम्पको त्रास पनि भएकाले मानिसहरू खुला आकाशमुनि बसेका हुन्। भूकम्पका कारण शनिबार  रातभर पनि स्थानीय खेत तथा खुल्ला ठाउँमा सुतेका थिए।

नेपालभ्युज

भूकम्प पीडितको बास खुला आकाशमुनि
भेरी नगरपालिका-३ थाप्लेका सर्वसाधारणहरु भूकम्पकाे त्रासले सडकमा सुत्दै ।तस्बिरः हेमन्त केसी / रासस

खलङ्गा। शुक्रबार मध्यरातमा भएको भूकम्पबाट प्रभावित जाजरकोटबासीले खुला आकाश मुनी रात काट्न बाध्य भएका छन्। शुक्रबार राति भूकम्प आएलगतै उनीहरू घर बाहिर नै छन्।

घरहरू भत्किएका छन्। कतिपय चर्किएर बस्न नसक्ने अवस्थामा छ। सद्धे घर अरूमा पनि भूकम्पको त्रास पनि भएकाले मानिसहरू खुला आकाशमुनि बसेका हुन्।

भूकम्पका कारण शनिबार  रातभर पनि स्थानीय खेत तथा खुल्ला ठाउँमा सुतेका थिए।

‘भूकम्पको घरीघरी पराकम्पन आउन थालेपछि गाउँभरिका सबै खेत तथा खुल्ला ठाउँमा रात काट्यौँ,’ स्थानीयले भने, ‘शुक्रबार राति र शनिबार पनि दिनभर जसो पराकम्पन आइरहेको छ। अझै मनमा डरै छ।’ जिल्लाका अधिकांश पुराना घर चर्किएको र भत्किएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved