माझीबस्ती प्रकरण : श्वेता खड्काले कहिले देलिन् अदालतलाई जवाफ

उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएसँगै अभिनेत्री श्वेता खड्काले जवाफ दिनुपर्ने भएको छ ।

नेपालभ्युज

माझीबस्ती प्रकरण : श्वेता खड्काले कहिले देलिन् अदालतलाई जवाफ

काठमाडौं। उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएसँगै अभिनेत्री श्वेता खड्काले जवाफ दिनुपर्ने भएको छ ।

श्वेताको फाउन्डेसनले नमुना बस्ती निर्माणको क्रममा माझीहरूले बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएको थियो । तर अहिलेसम्म पनि ऋण भुक्तानी नभएपछि घरजग्गा लिलामीमा जाने भएपछि माझीहरूले अदालत गुहारेका हुन् ।

उनको कम्पनी श्वेताश्री फाउन्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेशसमेत दिएकाले श्वेताले कहिले जवाफ देलिन् भन्ने चासो छ ।

न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले मंगलबार लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउन्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेशसमेत दिएको छ ।

श्वेता खड्काले ऋण नर्तिदा माझी बस्ती लिलामीको जोखिममा, समाजसेवाको प्रचार गरेर दिइनन् पैसा

अब श्वेताश्री फाउन्डेसन र सञ्चालक श्वेता खड्का पनि १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्नेछ ।

यो सन्दर्भमा दायर निवेदनमा अदालतले बैंकलाई घरजग्गा लिलामी तत्काल नगर्न भनेको छ। यस प्रकरणमा स्वेता पनि तनावमा रहेको उनी निकटताहरू बताउँछन् । उनी कानुन व्यवसायीसँग परामर्शमा रहेको जनाइएको छ । उनले केही दिन भित्र अदालतमा जवाफ दिने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved