मुगुको सामूहिक हत्या प्रकरणमा शंकास्पद एकजना पक्राउ

नेपालभ्युज

मुगुको सामूहिक हत्या प्रकरणमा शंकास्पद एकजना पक्राउ

काठमाडौं । प्रहरीले मुगुमा तीन बालबालिकासहित चार जनाको शंकास्पद हत्या प्रकरणमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले सोधपुछका लागि उनलाई आइतबार नियन्त्रणमा लिएको हो ।

घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित विशेष टोलीमा खटिएको छ।

प्रहरीले अपराधी नजिकै पुगिसकेको दाबी गरेको छ । तर अहिलेसम्म कुनै ठोस प्रमाण भने फेला पारेको छैन ।

शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved