युएई र युक्रेनका राष्ट्रपति बीच छलफल

नेपालभ्युज

युएई र युक्रेनका राष्ट्रपति बीच छलफल
फाइल फोटो

अबु धाबी । युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन् । सो वार्तामा दुवै राष्ट्र र त्यहाँका जनताको हितका लागि द्विपक्षीय सहयोग वृद्धि गर्ने तरिकाहरूबारे छलफल भएको बताइएको छ ।

सो अवसरमा युएईका राष्ट्रपति र युक्रेनी राष्ट्रपतिले युक्रेनको पछिल्लो घटनाक्रम र द्वन्द्वका असर, विशेष गरी मानवीय र आर्थिक प्रभावका बारेमा गम्भीर छलफल गरेको स्रोतले जनाएको छ ।

दुई नेताले आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान गर्नुका साथै क्षेत्रीय तथा विश्वव्यापी प्रगति र समृद्धिको रक्षाका लागि शान्ति, स्थायित्व र सुरक्षा प्रवर्द्धनमा जोड दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved