धादिङको खरी र आसपास केन्द्र बनाएर लगातार भूकम्प

नेपालभ्युज

धादिङको खरी र आसपास केन्द्र बनाएर लगातार भूकम्प

काठमाडौं । धादिङमा केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ । विहान ७ बजेर ३९ मिनेटमा ६.१ म्याग्निच्यूटको ठूलो भूकम्प गएको थियो ।

त्यसयता थप तीनवटा भूकम्प गएका छन् । भूकम्प मापन केन्द्रका अनुसार ८ बजेर ८ मिनेटमा ४.२ म्याग्निच्यूट र ८ बजेर २८ मिनेटमा ४.३ म्याग्निच्यूटको भूकम्प गएको छ ।

८ बजेर ५९ मिनेटमा ४ दशमलव १ म्याग्निच्यूटको अर्को भूकम्प गएको छ । यी तीनवटैको केन्द्र धादिङको खरी आसपास नै छ । पहिलो भूकम्पको केन्द्र पनि खरीमै थियो ।

बिहानको भूकम्पले काठमाडौं र वरपरका जिल्लामा हल्लाएको थियो । भूकम्पको धक्का चितवनसम्म महसुस गरिएको थियो ।

वैज्ञानिकले ठूलो भूकम्पपछि जाने कम्पनलाई परकम्प भन्ने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved