दशैंको टीकाको साइत नेपालमाभन्दा अमेरिकामा अगाडि

नेपालभ्युज

दशैंको टीकाको साइत नेपालमाभन्दा अमेरिकामा अगाडि

काठमाडौं। यसपालि बडादशैंको टीकाको साइत नेपालमा भन्दा अमेरिकामा अगाडि छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेअनुसार अमेरिका र क्यानडामा नेपालमा भन्दा एक दिन पहिला दशैंको टीकाको साइत परेको छ।

अमेरिका र क्यानडामा अक्टोबर २३ तारिखमा दशैं टीकाको साइत छ। नेपाल लगायतका मुलुकमा २४ तारिखमा निर्धारण गरिएको छ।

कतिपयले नेपालमा टीका ग्रहण गरिसकेपछि त्यसको केहीपछि अमेरिका र क्यानडामा टीका लगाउनुपर्छ भनेर आफूले आफन्तहरूलाई भन्ने गरेका छन्। तर, यस पटक अमेरिकामा नै टिकाको साइत अगाडि परेको छ।

यता समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आफूहरूले निर्धारण गरेको दशैंको टीकाको साइत शास्त्रीय हिसाबले गणित हेरेर मिलाइएको बताउँछन्। अमेरिकामा भन्दा नेपालमा तिथि ढिलो आउँछ भन्ने गलत बुझाइ मानिसमा रहेकोले यो साइतलाई अस्वाभाविक मानिएको उनको तर्क छ।

विभिन्न ज्योतिष विज्ञसँगको परामर्श र छलफलपछि साइत निर्धारण गरिन्छ । विजया दशमीको दिन आफैँमा शुभ मानिन्छ। उक्त दिनमा पनि सबैभन्दा उचित पल कुन हो भनेर खोज्नु नै साइत जुराउनु भएको जानकार बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved