एनसेलले ल्यायो दसैंको लागि रिचार्जमा बोनस अफर

नेपालभ्युज

एनसेलले ल्यायो दसैंको लागि रिचार्जमा बोनस अफर

काठमाडौं । चाडपर्वको अवसरमा एनसेल आजियाटाले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ।

अब ब्यालेन्स रिचार्जमा डेटा बोनस स्वरुप पाइने भएकाले ग्राहकले आफ्ना साथीभाई तथा परिवारसँग सम्पर्कमा रहिरहेर निर्धक्क कुराकानी गर्न सक्नेछन्।

बडा दसैंको उपलक्ष्यमा ल्याइएको यो योजना अन्तर्गत एनसेलले आफ्ना सबै ग्राहकका लागि यो आकर्षक अफर सञ्चालनमा ल्याएको छ।

जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले २०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन्। यो योजना कात्तिक १ गतेदेखि लागु भई कात्तिक १५ गतेसम्म सञ्चालनमा रहनेछ।

रिचार्जमा बोनस योजना अन्तर्गत ग्राहकले रिचार्ज गरेको रकमको आधारमा २००० एमबीदेखि ८००० एमबी बोनस डेटा प्राप्त गर्नेछन्।

२०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ४०० एमबी अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजेसम्म (१९ घण्टा) प्रयोग गर्न सकिने १६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन्।

त्यस्तै, ५०० भन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले २४०० अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजेसम्म (१९ घण्टा) प्रयोग गर्न सकिने ५६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन्।

बोनस स्वरुप प्राप्त डेटा भोलुम २ दिनको दिनको लागि मान्य रहने कम्पनीको भनाइ छ।

यो योजनाअन्तर्गत एनसेल सापटी र ब्यालेन्स ट्रान्सफरमार्फत् भएको ब्यालेन्स टप अप बोनसको लागि मान्य हुने छैन। अन्य कुनै पनि फिजिकल वा डिजिटल माध्यमबाट रिचार्ज गर्ने बित्तिकै बोनस डेटा प्राप्त हुनेछ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ‘हाम्रा ग्राहकहरू र ग्राहकको एनसेलसँगको सेवा अनुभव हाम्रो लागि अत्यन्त महत्वपूर्ण छ। चाडपर्वको अवसरमा ल्याइएको यो योजनाले हाम्रा ग्राहकको सञ्चारको आवश्यकतालाई पूरा गर्न महत्वपूर्ण भुमिका खेल्ने वश्वास लिएका छौं।’

यस रिचार्जमा बोनस अफरले ग्राहकलाई भ्यालु एड गर्दै सुलभ दरमा आफ्ना परिवार र साथीभाईसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved