त्रिकोणात्मक टी–२० सिरिज : यूएईविरुद्ध नेपालले पायो १४१ रनको लक्ष्य

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको यूएईले पुरै ओभर खेलेर ७ विकेट क्षतिमा १४० रन बनाएको हो।

नेपालभ्युज

त्रिकोणात्मक टी–२० सिरिज : यूएईविरुद्ध नेपालले पायो १४१ रनको लक्ष्य

काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध १४१ रनको लक्ष्य पाएको छ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको यूएईले पुरै ओभर खेलेर ७ विकेट क्षतिमा १४० रन बनाएको हो।

यूएईको लागि बासिल हमिदले सर्वाधिक ५१ र अली नसीरले ३२ रन बनाए। अन्यको प्रदर्शन उल्लेख्य रहेन ।

नेपालको लागि करण केसीले ३, गुल्सन झाले २ तथा सोमपाल कामी र अबिनाश बोहराले १–१ विकेट लिए ।

नेपालले ५२ रनमा यूएईका चार विकेट झारे पनि सो अनुसार लक्ष्य छोट्याउन भने सकेन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved