डलरको भाउ स्थिर, अन्यको विनिमय दर कति ? 

नेपालभ्युज

डलरको भाउ स्थिर, अन्यको विनिमय दर कति ? 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार आज अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा कायम छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ७२ पैसा र बिक्री दर १४० रुपैयाँ ३५ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ४४ पैसा र बिक्री दर १६२ रुपैयाँ १७ पैसा तोकिएको छ भने, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved