शपथपछि कोशीका मुख्यमन्त्री कार्कीले भने- मध्यावधि टर्‍यो, अब सहमतिको सरकार बन्छ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधि चुनावको सम्भावना टरेकोमा खुसी व्यक्त गर्दै सहमतिको सरकार बनाउने बताएका छन्।

नेपालभ्युज

शपथपछि कोशीका मुख्यमन्त्री कार्कीले भने- मध्यावधि टर्‍यो, अब सहमतिको सरकार बन्छ

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधि चुनावको सम्भावना टरेकोमा खुसी व्यक्त गर्दै सहमतिको सरकार बनाउने बताएका छन्।

‘कोशीमा मध्यावधिको सम्भावना टरेको छ। प्रदेश सभा विघटन नहुने भएको छ,’ आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘अब सहमतिको सरकार बन्छ।’

मुख्यमन्त्री कार्कीले विद्रोही कांग्रेस र नेकपा एमालेबाट एक–एक जना मन्त्री नियुक्त गरेका छन्।

कांग्रेसका ८ जना र एमालेका ३९ जनाको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved