युरोको मूल्य १४० रुपैयाँ हुँदा रियालको भाउ स्थिर 

नेपालभ्युज

युरोको मूल्य १४० रुपैयाँ हुँदा रियालको भाउ स्थिर 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, युरो एकको खरिद दर १३९ रुपैयाँ ८७ पैसा र बिक्री दर १४० रुपैयाँ ५० पैसा रहेको छ ।

आज कतारी रियालको भाउ भने स्थिर रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको छ । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा रहेको छ भने, बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।

बेलायती पाउण्डको खरिद दर १६१ रुपैयाँ ८२ पैसा र बिक्री दर १६२ रुपैयाँ ५५ पैसा हुँदा कुवेती दिनार एकको खरिद दर ४२९ रुपैयाँ ४७ पैसा रहेको छ भने, बिक्री दर ४३१ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved