विश्वकप क्रिकेटमा पाकिस्तानमाथि भारतको प्रभावशाली जित

नेपालभ्युज

विश्वकप क्रिकेटमा पाकिस्तानमाथि भारतको प्रभावशाली जित

काठमाडौं । विश्वकप क्रिकेटमा भारतले चिर प्रतिद्धन्दी पाकिस्तानमाथि प्रभावशाली जित हासिल गरेको छ ।

अहमदावादमा केहीबेरअघि सकिएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको हो ।

कप्तान रोहित शर्माले ६३ बलमा ८६ रन बनाएपछि भारतले १९२ रनको लक्ष्य ११७ बल अगावै ३ विकेट गुमाएर पार गर्यो ।

ओपनर शर्माले लगातार उत्कृष्ट ब्याटिङ गर्ने क्रममा ६ चौका र ६ छक्का प्रहार गरे । उनले यसअघि अफगानिस्तानविरुद्धको खेलमा शतक प्रहार गरेका थिए ।

पाकिस्तानविरुद्ध श्रेयस अय्यरले अविजित ५३ रनको योगदान गरे । विराट कोहली र शुभमन गिल १६-१६ रनमा आउट भएका थिए । पाकिस्तानका शाहिन साह अफ्रिदीले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तान ४२.५ ओभरमा १९२ रन बनाएर अलआउट भएको थियो । बाबर आजमले ५० र मोहम्मद रिजवानले ४९ रन बनाए । अन्यको प्रदर्शन उल्लेख्य रहेन ।

भारतका जसपृत बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदिप यादव र रवीन्द्र जडेजाले २-२ विकेट बाँडेका थिए ।

विश्वकपमा भारतको यो लगातार तेस्रो जित हो । योसँगै भारत ६ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ६ अंक नै भएको न्युजिल्याण्ड राम्रो रनरेटका साथ पहिलो स्थानमा छ ।

विश्वकप क्रिकेटमा यी दुई टिमबीच ८ पटक प्रतिस्पर्धा भएको छ । पाकिस्तानले अहिलेसम्म भारतलाई हराउन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved