फेरिँदै काठमाडौंको स्वरूप (तस्वीरहरू)

नेपालभ्युज

फेरिँदै काठमाडौंको स्वरूप (तस्वीरहरू)

काठमाडौं। काठमाडौं शहर भन्नेबित्तिकै धुलो, धुवाँ, हिलो मनमा आइहाल्छ। काठमाडौं उपत्यकाका सडकको अवस्था नै यस्तै छ। जता हेर्‍यो, त्यतै धुवाँ र धुलो अनि खाल्डाखुल्डी।

ट्राफिक जाम, पैदलयात्रुमैत्री फुटपाथ नहुनु लगायतका अन्य दुःखका कुरा मनमा खेल्ने गर्दछन्। न बिहान स्वच्छ हावा खाँदै मर्निङ वाक गर्ने स्थान छ त न कतै साँझ बिहान टहल्ने र बालबालिकासँग रमाउने खुला स्थान।

शहरका यस्ता अव्यवस्थित स्थानले बिहान कार्यालय हिँडेको कर्मचारी कार्यालय पुग्नासाथ थकित हुन्छन्, जाँगर मर्छ।

तर, अहिले काठमाडौं उपत्यकाको स्वरूप फेरिँदैछ। नदी नालाको सरसफाइ, सडक पेटी व्यवस्थित बनाउने, पार्कहरू निर्माण गर्ने कामले पूर्णता पाउन नसके पनि बन्दै गरेको अवस्थाले आकर्षक देखिन थालेको छ।

 

फोटो : न्युज एजेन्सी नेपाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved