वास्तुशास्त्र : यी ६ चिज जमिनमा खसे लक्ष्मी रिसाउँने मान्यता छ

नेपालभ्युज

वास्तुशास्त्र : यी ६ चिज जमिनमा खसे लक्ष्मी रिसाउँने मान्यता छ

एजेन्सी। जानी नजानी कहिलेकाँही हातबाट केही चिजहरू जमिनमा खस्छन् । जसलाई लिएर हामीले सामान्य घटनाको अन्दाज पनि लगाउने गर्छौं ।

जस्तै, हातबाट कुनै भाँडो खस्दा पाहुना आउँछन् । त्यस्तै, केही चिजहरू छन् जो खस्दा माता लक्ष्मी रिसाउँछिन् भन्ने पनि मान्यता छ ।

भगवानको मूर्ति

अचानक घरमा भगवानको मूर्ति जमिनमा खस्नु एकदमै अशुभ मानिन्छ । यसले माता लक्ष्मी तपाईंसँग रिसाउन पनि सक्छिन् ।

सिन्दूर खस्नु

हातबाट सिन्दूरको डब्बा जमिनमा खस्नुलाई पनि एकदमै अशुभ मानिन्छ । यसले विवाहित जीवनमा खतरा आउने संकेत गर्दछ ।

पानीको भाँडो

हातबाट पानीले भरिएको भाँडो जमिनमा खस्नु पनि वास्तुअनुसार अशुभ मानिन्छ । यसले माता लक्ष्मी तपाईंसँग रिसाउन सक्ने मान्यता छ ।

पूजाको थाली

हातबाट पूजाको थाली खस्नु पनि अशुभ संकेत मानिन्छ । यसको अर्थ हुन्छ तपाईं पूर्ण श्रद्धासँग पूजा गर्नुभएको छैन । भगवान् तपाईंको यही कुरासँग पनि रिसाउन सक्छन् ।

तोरीको तेल खस्नु

ज्योतिष शास्त्रअनुसार तोरीको तेल खस्नुलाई पनि एकदमै अशुभ मानिन्छ । यसको अर्थ हुन्छ शनि देव तपाईंसँग रिसाएका छन् । यो कुनै ठूलो समस्यातिरको संकेत पनि हुन सक्छ ।

दूध खस्नु

शकुन शास्त्रका अनुसार भाँडोबाट दूध खस्नु पनि अशुभ मानिएको छ । यसलाई एउटा अशुभ संकेत मानिन्छ । यसको अर्थ हुन्छ कि, चन्द्र ग्रह गोचर वा दशामा खराब छ ।

नुन खस्नु

ज्योतिष शास्त्रअनुसार हातबाट नुन खस्नु पनि अशुभ मानिन्छ । यदि, कसैबाट नुन खस्यो भने कुन्डलीमा चन्द्र र शुक्र खराब हुनेतिर इशारा गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved