सरकारलाई सांसद चालिसेको प्रश्न -दुई किलो चिनी पाउन ४ घण्टा लाइन बस्नुपर्ने कहिलेसम्म ?

महँगीका कारण बजारमा जान नसकिने भन्दै २ किलो चिनी पाउन ४ घण्टा लाइन बस्नुपर्ने अवस्था आउनु दुर्भाग्य भएको उनले बताए।

नेपालभ्युज

सरकारलाई सांसद चालिसेको प्रश्न -दुई किलो चिनी पाउन ४ घण्टा लाइन बस्नुपर्ने कहिलेसम्म ?

काठमाडौं। चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव गराएर महँगी बढाइएको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। कांग्रेस सांसद सन्तोष चालिसेले सरकारको ध्यानाकर्षण गराए।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा सांसद चालिसेले महँगी र गरिबले बाँच्नै नसक्ने अवस्था भएको र समाधान गर्नुपर्ने बताए।

महँगीका कारण बजारमा जान नसकिने भन्दै २ किलो चिनी पाउन ४ घण्टा लाइन बस्नुपर्ने अवस्था आउनु दुर्भाग्य भएको उनले बताए।

उनले भने, ‘‘दशैँको बेलामा यति महँगो भएको छ। सानोतिनो परिवारले बाच्न सक्ने अवस्था छैन। सबैको रोजीरोटी घट्दै गएको छ। बजार भाउ भने उकासिएको छ। यस बेलामा आएर चिनी नपाउने, ४ सय किलोको जिरा १२ सय पुग्ने दुनियाँमा नभएको अचम्म भएको छ। सरकारले ध्यान दिनुपर्छ’’ सांसद चालिसेले भने ‘‘बुढाबुढी असक्तहरू २ किलो चिनी पाउन ४ घण्टा लाइन बस्नु परेको खबर आएको छ। बजारको महँगी अनियन्त्रण गर्न सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved