नेप्सेमा २०.१६ अंकको गिरावट, कारोबार रकम बढ्यो

नेपालभ्युज

नेप्सेमा २०.१६ अंकको गिरावट, कारोबार रकम बढ्यो

काठमाडौं। बिहीबार सेयर बजार परिसूचक नेप्से १.०६ प्रतिशतले घटेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन आज पुनः नेप्सेमा  गिरावट भएको हो । बिहीबार बजार परिसूचक २०.१६ अंकले घटेर १८७४.६० को विन्दुमा बन्द भएको हो ।

नेप्सेमा गिरावट भए पनि बिहीबार कारोबार रकममा भने सुधार भएको छ । बिहीबार ७५ लाख ५८ हजार ५४२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ७० करोड १ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २३७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २१० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २३ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ४ कम्पनीको भने स्थिर छ ।

बिहीबार म्युचुअल फन्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ । होटल तथा पर्यटन उपसूचक ३ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.५९ प्रतिशत, निर्जीवन बिमा उपसूचक १.५२ प्रतिशत, जीवन बिमा उपसूचक १.४० प्रतिशत वित्त कम्पनी उपसूचक १.४१ प्रतिशत र विकास बैंक उपसूचक १.२३ प्रतिशतले गिरावट भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved