दुई बच्चाको उमेरमा कति अन्तर आवस्यक हुन्छ ?

नेपालभ्युज

दुई बच्चाको उमेरमा कति अन्तर आवस्यक हुन्छ ?

एजेन्सी ।  हामी सबैले जान्न जरुरी छ कि आखिर स्वस्थ प्रसवका लागि दुईवटा बच्चामा कति वर्षको अन्तर आवश्यक हुन्छ ? आज हामी विशेषज्ञहरुको विचारअनुसार यही विषयमा बताउनेछौं ।
रिकवरीमा ध्यान दिने
प्रायः मानिसको मनमा यही प्रश्न आउने गर्छ आखिर पहिलो बच्चा जन्मेको कति समयपछि दोस्रो बच्चाका लागि योजना बनाउन सकिन्छ ? यदी तपाईं पनि दोस्रोपटक आमा बन्ने सोंचिरहनु भएको छ भने विशेष गरी तपाईंको शरीर पूर्ण रुपमा रिकवरी हुन आवश्यक हुन्छ । आमाको स्वास्थ्य एकदमै महत्वपूर्ण विषय हो ।
कति समय लिने ?
यदी तपाईं दोस्रोपटक गर्भधारण गर्न चाहनुहुन्छ भने १८ देखि २३ महिनाको समय तपाईंको शरीरले पूर्ण रुपमा रिकवरी हुनका लागि लाग्छ । यदी तपाईंले यती समयको ग्याप राख्नुहुन्छ भने हराएको ऊर्जालाई पाउनका लागि पर्याप्त समय हुन्छ ।
अन्तर गर्नुका छन् धेरै फाइदा
यदी दुईवटा बच्चाको बीचमा केही समयको अन्तर गर्नुहुन्छ भने यो हुनेवाला बच्चा र आमा दुबैको स्वास्थ्यका लागि एकदमै राम्रो हुन्छ । लामो समय लिँदा तपाईं बच्चा एकदमै स्वस्थ र फिट हुनेछ । साथमा पहिलेको बच्चाले पनि राम्रो स्याहार पाएको हुन्छ ।
धेरै हेरचाह
यदी तपाईंको दुईवटा बच्चामा २ देखि ३ वर्षको अन्तर भयो भने तपाईं शुरुआती दिनमा दुबै बच्चाको स्याहार राम्रोसँग गर्न पाउनुहुन्छ । त्यस्तै बच्चामाथि हुने खर्च पनि राम्रोसँग व्यवस्थापन हुनेछ ।
५ वर्षको अन्तर हुन जरुरी छ ?
कतिपयलाई लाग्छ दुईवटा बच्चा बीचको अन्तर कम्तीमा ५ वर्ष हुनुपर्दछ । तर यस्तो स्थितिमा यस्तो पनि हुन सक्छ दुबै बच्चाबीचको उमेरमा एकदमै अन्तर हुन्छ जसले गर्दा उनीहरु एकअर्काको नजिक आउन सक्दैनन् । यदी तपाईं बच्चालाई साथी चाहिन्छ भनेर हिसाब लगाएर बच्चा जन्माउनुहुन्छ भने दुई देखि तीन वर्षको अन्तर नै एकदमै राम्रो हुन्छ ।
माथि बताइएको जानकारी अनुसार बच्चामा उमेरको अन्तर २ देखि ३ वर्ष मात्र एकदमै राम्रो हुन्छ । तर हरेकको स्थिति एउटै नहुन सक्छ । बच्चाको तथा आमाको स्वास्थ्य तथा आफ्नो आर्थिक आदि सबै परिस्थितिलाई हेरेर मात्र बच्चा जन्माउने निर्णय लिन राम्रो हुन्छ । यदी कुनै स्वास्थ्य सम्बन्धी समस्याहरु छन् भने डाक्टरको सल्लाह लिएर मात्र बच्चा जन्माउने निर्णय गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved