‘वीर, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा’

‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदय रोग सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाको रुपमा विकास गरिने छ’, सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नेपालभ्युज

‘वीर, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा’

काठमाडौं । सरकारले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायत पर्याप्त जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन गर्ने भएको छ ।

नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कान्ति बाल अस्पतालमा थप पूर्वधार निर्माण र स्तरोन्नति गरी सुविधा सम्पन्न बनाइने बताए ।

‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदय रोग सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाको रुपमा विकास गरिने छ’, सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

संघीय अस्पतालहरूलाई कार्यबोझका आधारमा पुनर्संरचना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved