मनसुन बाहिरिएपनि फेरि देशैभर पानी पर्दै, दसैँमा भने मौसम सफा हुने

नेपालभ्युज

मनसुन बाहिरिएपनि फेरि देशैभर पानी पर्दै, दसैँमा भने मौसम सफा हुने

काठमाडौं। मनसुन बाहिरिए पनि फेरि देशैभर पानी पर्ने भएको छ ।

आजदेखि देखि मध्य र पूर्वी भेगमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना देखिएको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापकसमेत रहेका मौसमविद्  विनोद पोखरेलले बताए ।

आजदेखि एक दुई दिन देशका केही ठाउँमा मात्रै वर्षा भएपनि आउँदो सोमबारदेखि बुधबारसम्म भने देशका धेरै ठाउँमा लगातार पानी पर्ने सम्भावना छ ।

तर दसैँका प्रमुख दिनहरुमा मौसम सफा रहने पूर्वानुमान छ । कात्तिक १ गतेदेखि मौसममा सुधार हुने देखिएकोले दशैँका मुख्य दिनहरूमा पानी नपर्ने पोखरेलले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved