`

बेलायतका प्रधानमन्त्री सुनकले आकस्मिक बैठक बोलाउने

नेपालभ्युज

बेलायतका प्रधानमन्त्री सुनकले आकस्मिक बैठक बोलाउने

काठमाडौं। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले इजरायल र गाजाबीचको तनावमा केन्द्रित हुन आकस्मिक बैठक बोलाउने भएका छन्।

शनिबार हमासले  इजरायल र गाजामा आक्रमण गरेपश्चात उत्पन्न तनावबारे छलफल गर्न सुनकले बैठक बोलाउन लागेका हुन्।

सुनकले इजरायलका दृश्यहरु दर्दनाक भएको र हमासले आतंकवाद फैलाईरहेको बताए।

बीबीसीका अनुसार सुनकले इजरायलसँग निकट भएर बेलायती नागरिकलाई सहयोग गर्न पहल गर्ने छन्।

बेलायतको विदेश मन्त्रालयले अत्यावश्यक बाहेक सम्पूर्ण इजरायल भ्रमण स्थगित गर्न सुझाव दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved