नेविसंघको आन्दोलनका कारण त्रिवि सेवा आयोगको काम प्रभावित

नेपालभ्युज

नेविसंघको आन्दोलनका कारण त्रिवि सेवा आयोगको काम प्रभावित

काठमाडौं । सत्ताघटक दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तालबन्दीका कारण त्रिभुवन विश्वविद्यालय सेवा आयोगको काम प्रभावित भएको छ।

शिक्षक र कर्मचारीको छनौट प्रक्रियामा अपारदर्शीता र अनियमितता देखाएको आरोप लगाउँदै गरेको तालाबन्दीका कारण आयोगको काम प्रभावित भएको हो ।

नेविसंघ आन्दोलनका कारण उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापकको अन्तर्वार्तासमेत हुन सकेको छैन।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेविसंघका कारण आयोगको काम प्रभावित भएको भन्दै ध्यानाकर्षण गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved