पुल्चोकका निमित्त क्याम्पस प्रमुख रेग्मीसहित विभागीय प्रमुखले दिए सामूहिक राजीनामा

नेपालभ्युज

पुल्चोकका निमित्त क्याम्पस प्रमुख रेग्मीसहित विभागीय प्रमुखले दिए सामूहिक राजीनामा

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित विभागीय प्रमुखहरुले  सामूहिक राजीनामा दिएका छन् ।

बुधबार निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो ।

निमित्त क्याम्पस प्रमुख रेग्मीका अनुसार बैठकको  सोही निर्णय अनुसार उनीहरु सबैले  इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयमा राजीनामा बुझाएका हुन् ।

इन्जिनियरिङ अध्ययन संस्थानका डिन र सहायक डिनहरुलाई सत्तारुढ दलका विद्यार्थी प्रतिनिधिले दबाबमा पारेर पुरानै शुल्कमा इन्जिनियरिङको स्नातक तह अध्ययन गराउन प्रवेश परीक्षा सञ्चालनको सूचना जारी गर्न लगाएको प्राध्यापकले आरोप लगाएका छन् ।

संस्थानले तीन लाख १८ हजार रहेको इन्जिनियरिङको स्नातह तह अध्ययनको शुल्क यो वर्षदेखि बढाएर ७ लाख ७५ हजार पुर्‍याएपछि विवाद सुरु भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved