नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि बढेन 

नेपालभ्युज

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि बढेन 
काठमाडौँ । कारोबारको पाचौं दिन आज सेयर बजारमा पुनः गिरावट आएको छ । हिजो सामान्य सुधार देखिएको सेयर बजारमा बिहीबार गिरावट देखिएको हो ।
आज नेप्से परिसूचक ११ दशमलव ०४ अंकको गिरावट आएर सेयर बजार परिसूचक १९५६ दशमलव ९२ विन्दुमा पुगेको छ ।
बिहीबार २८० कम्पनीका ३५ लाख ६२ हजार ६२४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १० करोड ६५ लाख १९ हजार ४१८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज १ दशमलव ५३ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३७३ दशमलव ३७ विन्दुमा पुगेको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved