सर्वसाधारणका लागि माथिल्लो मैलुङ खोलाको आइपीओ खुल्यो

नेपालभ्युज

सर्वसाधारणका लागि माथिल्लो मैलुङ खोलाको आइपीओ खुल्यो

काठमाडौँ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले साधारण सेयर बापत १२ लाख ८४ हजार दुई सय कित्ता सेयर खुलाएको हो ।

कम्पनीको जारी पुँजी एक अर्बको १५ प्रतिशत अर्थात् १५ करोड रकम बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणको लागि खुलाइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मको सेयरमा आवेदन दिन पाउनेछन् । प्रतिकित्ता सेयरको एक सय रुपैयाँ पर्ने छ ।

यसअघि कम्पनीले आफ्नो जारी पुँजीको १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहनेहरूलाई बाँडफाँड गरिसकेको छ । त्यस्तै, ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १२ लाख ७५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि निष्कासन गरिसकेको छ ।

त्यसबाट बाँकी रहेको सेयरमा ९ हजार २ सय कित्ता थप गरेर हाल कम्पनीले सर्वसाधारणका लागि १२ लाख ८४ हजार दुई सय कित्ता सेयर खुलाएको हो । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved