डब्लु पोश्चरमा बस्नु बच्चाका लागि खतरनाक, जानौं यसका नोक्सानी र बच्ने तरिका

नेपालभ्युज

डब्लु पोश्चरमा बस्नु बच्चाका लागि खतरनाक, जानौं यसका नोक्सानी र बच्ने तरिका

एजेन्सी । अभिभावकले आफ्ना बच्चाको हरेक सानो सानो बानी व्यवहारको ख्याल राख्नु पर्दछ । खासगरी बच्चाको शारीरिक तथा मानसिक विकासमा अभिभावकको मुख्य भूमिका रहन्छ । बच्चाका साना साना बानीबारे बेलैमा ख्याल नपुर्याउँदा पछि गएर ठूलो नोक्सान पनि हुन सक्छ ।

बच्चाहरु प्राय जसो खुट्टालाई बाहिरतिर मोडेर (डब्लु पोजिशन) मा बस्ने गर्छन् । बच्चाको हड्डी एकदमै कोमल हुन्छ र उनीहरुलाई यस्तै पोजिशनमा बस्दा आराम हुन्छ । तर जसरी बच्चा ठूलो हुँदै जान्छ उसको हड्डी बलियो तथा कडा हुन थाल्छन् । यस्तोमा बच्चा डब्लू पोजिशनमा बस्ने गर्छ भने समस्या हुन सक्छ ।

बच्चा किन डब्लु पोजिशनमा बस्छन् ?

जब बच्चा घुँडाको बलमा अगाडि बढ्छ, तब उसलाई यस पोजिशनमा बस्दा आराम हुन्छ । त्यसपछि बच्चालाई सही पोजिशनमा बस्न प्रेरित गरिएन भने यसरी नै बस्ने बानी पर्छ । यस पोजिशनमा बस्दा बच्चाको घुँडाको मसल्समा दबाब पर्छ ।

डब्लु पोजिशनमा बस्दा हुने नोक्सानी 

  • यस्तो पोजिशनमा बस्दा बच्चालाई हिँड्न समस्या हुन सक्छ ।
  • यस्तो पोजिशनमा बसिरहँदा बच्चाको खुट्टाका मांसपेशी कमजोर हुन सक्छन् ।
  • डब्लु पोजिशनमा बस्दा बच्चाका खुट्टामा रगतको सञ्चार प्रभावित हुन्छ । जसले गर्दा उनीहरुको शरीरको तल्लो भागको विकासमा समस्या आउँछ ।
  • यस्तो पोजिशनमा लामो समयमा बस्दा बच्चाको डाढ दुख्ने तथा अप्ठ्यारो महसुस हुन सक्छ ।

डब्लु पोजिशनमा बस्न कसरी रोक्ने

  • बच्चालाई सानो उमेरदेखि नै खुट्टा क्रस बनाएर बस्न प्रेरित गर्नुहोस् ।
  • बच्चासँग समय बिताउनुहोस् र उसलाई बस्ने सही तरिका सम्झाउनुहोस् ।
  • बच्चालाई योग तथा कसरत पनि गराउनुहोस् ।
  • बच्चा जतिपटक गलत पोजिशनमा बस्छ त्यतिपटक उसलाई सही तरिकाले बस्न भन्नुहोस् ।
  • बच्चालाई बसिरहने भन्दा पनि अन्य शारीरिक गतिविधिमा अग्रसर बनाउनुहोस् ।
  • बच्चाको खुट्टा मालिस गर्नुहोस् । यसले उनीहरुको खुट्टाको हड्डी बलियो हुन्छन् र सही पोजिशनमा पनि बस्न थाल्छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved