मेहनत नगरी तौल घटाउन चाहनुहुन्छ ? यसरी सुत्नुस्

नेपालभ्युज

मेहनत नगरी तौल घटाउन चाहनुहुन्छ ? यसरी सुत्नुस्

एजेन्सी। हिजोआज वजन बढ्ने समस्या प्रायः सबैलाई हुन्छ । हरेक दोस्रो व्यक्ति मोटोपनको शिकार भइरहेको देखिन्छ । यस्तोमा कामको व्यस्त कार्यतालिकाले कसरत तथा अन्य काममा पनि ध्यान दिन पाउँदैनन् । जसले गर्दा तौल कम गर्न ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । तर, तपाईंलाई यो कुरा थाहा पाएर अचम्म लाग्ला निद्रामा पनि तौल घटाउन सकिन्छ । आउनुहोस् तपाईं सुतेर कसरी तौल घटाउने भनेर जानौं ।

मिडिया रिपोर्टअनुसार चिसो कोठामा सुत्नाले मानिसको शरीरमा ब्राउन फ्याट बढ्छ, जो स्वस्थ फ्याट हो । यसले मानिसको तौल कम गर्नलाई सहयोग गर्छ । किनकि, यस फ्याटको मात्रा बढ्नाले शरीरमा गर्मी पनि बढ्छ जसले गर्दा क्यालोरी बर्न गर्न सजिलो हुन्छ ।

तपाईंको सुत्ने कोठामा उज्यालो हुनुहुँदैन । यदि, तपाईं तौल कम गर्न चाहनुहुन्छ भने रातमा बत्ती निभाउने गर्नुस्, सजिलो र सफा खाटमा सुत्नुहोस् । यसले तपाईंलाई गहिरो निद्रा लाग्छ र तौल घट्न सजिलो हुन्छ । किनकि, कतिपय अवस्थामा निद्रा कम हुनु, अपुरो निद्रा हुनु पनि मोटोपनको कारण हुन सक्छ ।

दैनिक सुत्ने समयको एउटै समयतालिका बनाउनुहोस् । यसले गर्दा शरीर एउटा निश्चित समयमा सुत्नका लागि तयार हुन्छ । तौल कम गर्नका लागि कम्तीमा ७ देखि ८ घण्टाको गहिरो निद्राको आवश्यकता पर्दछ ।

त्यस्तै, खाना खाएको तुरुन्तै पछि सुत्नुहुन्छ भने यसले पाचन तन्त्रमा नराम्रो असर पर्छ । जसले गर्दा मोटोपनको शिकार हुने डर हुन्छ । त्यसैले खानो र सुत्ने बीचको समयमा केहीबेरको अन्तर राख्नुपर्दछ ।

जब तपाईं चिसो कोठामा सुत्नुहुन्छ तपाईंको मेटाबोलिज्म बढ्छ । यस्तोमा तपाईं कम्बल लिएर सुत्नबाट बच्नुपर्छ जसले गर्दा शरीरको अतिरिक्त सुगरबाट छुट्कारा पाउन र धेरै क्यालोरी बर्न गर्न सहयोग हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved