हिरासत बस्न नमानेपछि अनमोल केसी अस्पताल भर्ना

नेपालभ्युज

हिरासत बस्न नमानेपछि अनमोल केसी अस्पताल भर्ना

काठमाडौं । अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् । आपराधिक विश्वासघातको आरोपमा शुक्रबार दिउँसो काभ्रेको साँगाबाट पक्राऊ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएको भन्दै अस्पताल भर्ना गरिएको हो।

केसीलाई चिरायु अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताएका छन् । हिरासतमा बस्न नमानेपछि मध्यराति उनलाई प्रहरीले नै अस्पतालमा लगेको बताइएको छ ।

सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र रावायणमा काम गर्ने भनेर एडभान्स लिएको तर पछि धोका दिएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो। त्यसकै आधारमा प्रहरीले पक्राउ गरेर हिरासतमा राखे पनि त्यहाँ बस्न अफ्ठेरो लागेपछि उनी अस्पताल भर्ना भएका हुन्। शनिबार भएकाले अब कम्तीमा दुई दिन उनले हिरासत बस्नुपर्ने छ।

‘रामायण’ फिल्मका निर्माता सुप्रिया कटुवालले एडभान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि आपराधिक विश्वासघात गरेको भन्दै अपराध महाशाखा, बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन्। त्यही उजुरीका आधारमा केसी पक्राऊ परेका हुन्।

अभिनेता केसीलाई आइतबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ। यदि उजुरीकर्तासँग मेलमिलाप भएमा उनी छुट्नेछन्। केसीले १० लाख एडभान्स लिएर पनि ‘रामायण’ छाडेका थिए भने नयाँ ‘फर्की फर्की’ मा व्यस्त थिए।

(समाचारमा यसअघि नर्भिक अस्पतालमा भर्ना भएको उल्लेख भएकोमा सच्चाएका छौं)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved