सेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ८१ करोडको मात्रै कारोबार

नेपालभ्युज

सेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ८१ करोडको मात्रै कारोबार

काठमाडौं। बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन आज नेप्से १८.६० अंकले घट्दा २००४.३० को विन्दुमा बन्द भएको छ ।

बुधबार नेप्सेका सबै उपसूचका गिरावट भएका छन् ।  हाइड्रोपावर उपसूचक १.५१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.४२ प्रतिशत, व्यापार उपसूचक १.४१ प्रतिशत र विकास बैंक उपसूचक १.३८ प्रतिशतले गिरावट भएको हो ।

यस दिन  कारोबार रकम पनि खुम्चिएको छ । बुधबार ५८ हजार ३६७ वटा कारोबारमा ७० लाख ६१ हजार ४०४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ८१ करोड ४४ लाखको मात्रै कारोबार भएको हो ।

बुधबार नेप्सेमा कुल २३० सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । १९३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३४ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved