ललितानिवास प्रकरण

सर्वोच्चले सरकारलाई सोध्यो- ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई किन मुद्दा चलाइएन ?

नेपालभ्युज

सर्वोच्चले सरकारलाई सोध्यो- ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई किन मुद्दा चलाइएन ?

काठमाडौं । सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएकोबारे सरकारसँग प्रश्न सोधेको छ ।

मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले उनीहरुसँगै पूर्वमुख्यसचिव लिलामणि पोखरेलबारे पनि जवाफ मागेको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सरकारको जवाफ मागेको हो । न्यौपानेले शक्ति र पहुँचमा भएकै कारण उनीहरुलाई उन्मुक्ति दिइएको भन्दै मुद्दा दायर गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलगायतसँग १५ दिनभित्र लिखित जवाफ मागसमेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved