सेयर बजारमा हरियाली, कारोबार रकम २ अर्ब ९ करोड

नेपालभ्युज

सेयर बजारमा हरियाली, कारोबार रकम २ अर्ब ९ करोड
प्रतीकात्मक तस्वीर

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन आज आज सेयर बजारमा हरियाली छाएको छ । पछिल्ला दुई दिन लगातार घटेर बन्द भएको सेयर बजार आज मंगलबार भने बढेर बन्द भएको हो ।

आज नेप्से परिसूचक १८दशमलव ४५ अंकले बढेर २०२२ दशमलव ९१ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज २८६ स्टकको ७८ हजार ६१६ पटकको कारोबारमा २ अर्ब ९ करोड ३८ लाख रुपैयाँ बराबरको ८७ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

त्यस्तै, कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५६ अंक बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved