यस्तो समस्या भएका व्यक्तिले अमला खानु हुँदैन

नेपालभ्युज

यस्तो समस्या भएका व्यक्तिले अमला खानु हुँदैन

एजेन्सी । छालाको सुरक्षादेखि लिएर सम्पूर्ण शारीरिक स्वास्थ्यका लागि अमला एकदमै फाइदाजनक हुन्छ । आयुर्वेदमा अमलालाई वरदानभन्दा कम मानिँदैन । तर, केही स्थितिहरूमा अमलाको सेवनले पनि हानि पुर्‍याउन सक्छ जसलाई जान्न जरुरी छ ।

अमला भिटामिन ‘सी’ को राम्रो स्रोत हो जसले इम्युनिटी बढाउने काम गर्छ । अमलामा भिटामिन ए, बी कम्प्लेक्स, पोटासियम, म्याग्नेसियम, आइरन, कार्बोडाइड्रेट र फाइबर जस्ता गुण पाइन्छ । जो शरीरका लागि एकदमै फाइदाजनक हुन्छ ।

एसीडीटीको समस्यासँग जुधिरहेका व्यक्तिले अमलाको सेवन गर्नु हुँदैन । अमलामा राम्रो मात्रामा भिटामिन ‘सी’ हुन्छ जसलाई अत्यधिक एसिडिटी भएका व्यक्तिले सेवन गर्नु हानिकारक हुन सक्छ ।

जो व्यक्तिको सर्जरी यानिकी अपरेसन भएको छ उनीहरूले पनि अमलाको सेवन गर्नु हुँदैन । यसले रक्तबहाव धेरै हुने खतरा रहन्छ जसले गर्दा अमलाको सेवन गर्नु हुँदैन । यस्तो बेला अमलाको सेवनले रक्तश्राव बढिरहने सम्भावना हुन्छ ।

अमलामा एन्टिप्लेटलेट गुण हुन्छ जसले रगतको ढिक्काजस्तो जम्न दिँदैनन् । त्यसो त, अमलाले मुटुलाई पनि राम्रो बनाउँछ । तर, जो व्यक्ति पहिलेदेखि नै रगतसम्बन्धी समस्याबाट गुज्रिरहेका छन् उनीहरूले अमला खानु हुँदैन ।

यस्तै, सुक्खा छाला हुने व्यक्तिले अमला कम खानुपर्छ । यदि, उनीहरूले अमलाको सेवन गरिरहेका छन् भने पनि पानीको मात्रामा पनि धेरै पिउनुपर्छ ।

यदि, तपाईंको शरीरमा सुगरको मात्रा कम छ भने पनि अमलाको सेवन गर्नबाट बच्नुपर्छ । खासगरी अमलाले रगतमा सुगरको मात्रा कम गर्न सहयोग गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved