बलेफीमा गाउँपालिका अध्यक्ष-उपाध्यक्षको विवाद उत्कर्षमा, तीन महिनादेखि काम ठप्प

नेपालभ्युज

बलेफीमा गाउँपालिका अध्यक्ष-उपाध्यक्षको विवाद उत्कर्षमा, तीन महिनादेखि काम ठप्प

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । गठबन्धन गरेर माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष जितेको बलेफीमा उनीहरुबीच बढेको द्वन्द्वका कारण तीन महिनादेखि गाउँपालिकाको सबै काम ठप्प छ ।

गाउँ कार्यपालिकामा बहुमत सदस्यको नेतृत्व गरिरहेकी उपाध्यक्ष सरु तामाङ र अल्पमतमा रहेका अध्यक्ष गंगा तामाङबीच लामो समयदेखि विवाद छ । विवादका कारण नयाँ आर्थिक वर्ष सुरु भएदेखि नै गाउँकार्यपालिकाले कुनै काम गर्न सकेको छैन ।

यहाँ कार्यपालिकामा १६ सदस्य छन्। अध्यक्ष तामाङसहित माओवादीको एक र एमालेको एक वडाध्यक्ष गरी जम्मा तीनजना एकातिर छन्। अर्कोतिर आफूसहित १३ सदस्यको नेतृत्व उपाध्यक्ष लामाले गर्छिन्। गाउँपालिका अध्यक्षसँग बहुमत सदस्य नहुँदा तीन महिनादेखि सबै काम रोकिएको हो।

आर्थिक वर्ष ०८०–८१ सुरु भएयता गाउँपालिकाको खातासमेत सञ्चालन हुन सकेको छैन। खाता नचल्दा दैनिक प्रशासन र कर्मचारीको तलब रोकिएको छ। करारमा रहेका कर्मचारीको म्याद थप भएको छैन।

नयाँ आर्थिक वर्षदेखि आन्तरिक कर संकलन पनि रोकिएको छ। बहुमत र अल्पमत विवादमा गाउँपालिकाले दैनिक उठाउँदै आएको स्थानीय र आन्तरिक कर असुली बन्द रहेको छ ।

काम सकेर उपभोक्ता समिति र ठेकेदार पैसा लिन पालिका आइरहेका छन् । रकम सबै बैंकमा जम्मा भएर बसेको छ। तर, कार्यपालिका बैठकले निर्णय लिन नसक्दा सबै रोकिएका छन्।

विवाद समाधानका लागि अध्यक्ष र उपाध्यक्षले पनि ‘वान टु वान’ वार्ता गरेका थिए। तर, समस्या समाधान हुन सकेको छैन। पार्टीगत रूपमा जनप्रतिनिधि विभाजित भएर दैनिक प्रशासनिक काम रोकिएपछि कर्मचारी र स्थानीय निराश भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved