एटलान्टाको सडकमा गोली चल्दा तीन जनाको मृत्यु

नेपालभ्युज

एटलान्टाको सडकमा गोली चल्दा तीन जनाको मृत्यु

एजेन्सी। अमेरिकाको जर्जियाको राजधानी एटलान्टास्थित एक सपिङ मल नजिक शनिबार गोलीबारी भएको छ । घटनामा एक किशोर सहित तीन जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार दिउँसो साढे १ बजे दक्षिणपश्चिम एटलान्टाको इभान्स स्ट्रिटमा एक व्यक्तिलाई गोली प्रहार गरिएको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार तीन जना पीडित मध्ये एकले गोली चलाएको हो । पहिले उनले ती दुई जनालाई भेटेर फायरिङ गरेका थिए ।

उनीहरु मध्ये एकले पेस्तोल निकालेर जवाफी फायर गरेको प्रहरीले जनाएको छ । रिपोर्टका अनुसार तीनै जना पुरुष थिए। तीमध्ये एकको उमेर १७ वर्ष, अर्को २० वर्षको थियो भने तेस्रोको ३० वर्षका थिए । प्रहरीले अभियुक्तको परिचय भने खुलाएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved