शिक्षक-सरकारको औपचारिक वार्ता सिंहदरबारमा सुरु

नेपालभ्युज

शिक्षक-सरकारको औपचारिक वार्ता सिंहदरबारमा सुरु

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको सिंहदरबारमा वार्ता सुरु भएको छ । शिक्षा विधेयकविरुद्ध तीन दिनदेखि सडक संघर्ष गरिरहेका शिक्षक र सरकारबीचको औपचारिक वार्ता सुरु भएको हो ।

यसअघि दुईपटक भएको अनौपचारिक वार्ता सकारात्मक भएको सरकार पक्षको दाबी छ ।

यसअघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग यसबारे छलफल गरेका छन् । उनले वार्तालाई आजै निष्कर्षमा पुर्याउन निर्देशन पनि दिएका छन् ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved