सुरु भयो सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता

नेपालभ्युज

सुरु भयो सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता

काठमाडौं ।  सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता शुरु भएको छ ।

गृह मन्त्रालयमा भएको वार्तामा  उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ तथा शिक्षक महासङ्घका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

यस्तै शिक्षक महासङ्घको तर्फबाट महासङ्घकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका प्रतिनिधिको उपस्थिति रहको छ ।  यस्तै वार्तामा मन्त्रालयका सचिवहरु पनि उपस्थित छन् ।

यसअघि आज बिहान गृह मन्त्रालयमा भएको  वार्ता निष्कर्षविहिन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved