शिक्षकसँग कुरा मिलाउने जिम्मा गृहमन्त्रीलाई, आजै अर्को वार्ता !

नेपालभ्युज

शिक्षकसँग कुरा मिलाउने जिम्मा गृहमन्त्रीलाई, आजै अर्को वार्ता !

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत शिक्षकसँग वार्ता गरी कुरा मिलाउने जिम्मा पाएका छन् । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काका अनुसार सरकारका तर्फबाट गृहमन्त्री श्रेष्ठले शिक्षकसँग कुरा मिलाउने जिम्मा पाएका हुन् ।

श्रेष्ठकै नेतृत्वमा आज बिहान शिक्षकसँग भएको वार्ता निष्कर्षमा पुग्न सकेको थिएन । खड्काका अनुसार आजै फेरि दोस्रो चरणको वार्ता हुँदैछ ।

उनले अहिलेको अर्थतन्त्रमा थप भार नपर्ने गरी शिक्षकका माग पूरा गर्नेगरी तयारी भएको पनि जानकारी दिए ।

संसदमा दर्ता भएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै हिजोदेखि शिक्षकहरुले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved