के ज्वरो आउँदा तपाईं पनि नुहाउनुहुन्न ? डाक्टर के भन्छन् जानौं

नेपालभ्युज

के ज्वरो आउँदा तपाईं पनि नुहाउनुहुन्न ? डाक्टर के भन्छन् जानौं

एजेन्सी । मनसुनको समय अझै पूर्ण रुपमा सकिएको छैन । पानी पर्दा सितल त हुन्छ तर घाम पानीको मौसममा भाइरल तथा फंगल संक्रमणहरु अत्यधिक हुने गर्छन् । जसमा ज्वरो आउनु अनिवार्य जस्तो हुन्छ ।

रुघाखोकीमा होस् वा अन्य समस्यामा ज्वरो आउने नै गर्छ । हाम्रो घरपरिवार समाजमा ज्वरो आएको बेला नुहाउनु नहुने तथा बच्चालाई पनि ननुहाइदिने चलन अत्यधिक छ । किनकी भाइरल ज्वरो आइरहेको बेला नुहायो भने ज्वरो बढ्न सक्ने मान्यता छ ।

कतिपयलाई शरीरमा यति धेरै थकान महसुस हुन्छ कि त्यसले गर्दा नुहाउने पनि जाँगर चल्दैन । यस विषयमा डाक्टर तथा विशेषज्ञहरुको राय के छ त्यो पनि जानौं । जसले हामीलाई सही कारण पत्ता लगाउन सजिलो हुनेछ ।

विशेषज्ञ डाक्टरका अनुसार ज्वरो आउँदा शरीरको तापक्रम बढ्छ । साथमा ज्वरोको बेला जाडो भएको महसुस पनि हुन्छ । यस्तो बेला विरामी कपडा ओडेर सुत्ने गर्छन् । उनीहरुलाई लाग्छ कि नुहाएपछि झनै ज्वरो बढ्छ । तर विशेषज्ञका अनुसार ज्वरो आएको बेला पनि नुहाउनु पर्दछ । यसले तपाईंलाई ताजगी महसुस हुन्छ र शरीरमा भएका ब्याक्टेरिया तथा भाइरल बढ्ने सम्भावना पनि कम हुन्छ । त्यसैले यदी तपाईंलाई भाइरल ज्वरो आइरहेको छ भने दिनमा एकपटक जरुर नुहाउनुहोस् ।

ज्वरोको बेला तपाईं चिसो पानीले नुहाउनबाट भने बच्नुहोस् । भाइरल ज्वरोमा तपाईं मनतातो पानीले नुहाउन सक्नुहुन्छ । यसले शरीरको तापक्रमलाई सामान्य गर्न सहयोग हुन्छ । यसबेला चिसो वा एकदमै धेरै तातो पानीले नुहाउनबाट बच्नुपर्छ । तर यदी तपाईंलाई भाइरल भएको छ भने मनतातो पानीले दैनिक नुहाउन सक्नुहुन्छ ।

भाइरलबाट बच्ने तरिका

  •  भाइरल ज्वरोबाट बच्नका लागि पटकपटक हात धुनुहोस् । वा हातहरुलाई स्यानीटाइज गर्नुहोस् ।
  •  यसबाट बच्नका लागि सरसफाईमा एकदमै धेरै ध्यान दिनुहोस् ।
  •  भाइरल भएको व्यक्तिको सम्पर्कमा आउनबाट पनि बच्नुहोस् ।
  •  भाइरल ज्वरोबाट बच्नका लागि इम्यूनिटीलाई बलियो बनाउनुहोस् । यसका लागि भिटामिन सी युक्त खानेकुराहरुलाई आफ्नो खानपानमा समावेश गर्नुहोस् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved