शिक्षकहरुको आन्दोलनका कारण ५३ लाखभन्दा धेरै बालबालिकाको पढाई प्रभावित

नेपाल शिक्षक महासङ्घले माग पूरा नभएसम्म विद्यालय बन्द गर्ने जनाएको छ । शिक्षा मन्त्रालयले अस्ति मङ्गलवार वार्तामा बोलाएको थियो । तर शिक्षक महासङ्घ यो वार्तामा बसेन ।

नेपालभ्युज

शिक्षकहरुको आन्दोलनका कारण ५३ लाखभन्दा धेरै बालबालिकाको पढाई प्रभावित

काठमाडौं। विद्यालय शिक्षा विधेयकको विरोधमा  शिक्षकहरूको आन्दोलनका कारण ५३ लाख जना भन्दा धेरै बालबालिकाको पठनपाठन प्रभावित भएको छ ।

देशभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरुले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । उनीहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयमा पढ्ने ५३ लाख ८२ हजार जना भन्दा धेरै विद्यार्थीको पढाई प्रभावित भएको हो ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका अनुसार देशभर २७ हजार तीन सय ४३ वटा सामुदायिक विद्यालयमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ जना शिक्षक कार्यरत छन् ।

विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाण्डौमा छन् । बुधबार काठमाण्डौको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म हजारौँ शिक्षक आन्दोलनमा उत्रिएका थिए ।

नेपाल शिक्षक महासङ्घले माग पूरा नभएसम्म विद्यालय बन्द गर्ने जनाएको छ । शिक्षा मन्त्रालयले अस्ति मङ्गलवार वार्तामा बोलाएको थियो । तर शिक्षक महासङ्घ यो वार्तामा बसेन । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरी व्यवस्था मिलाएको महासङ्घले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved