महोत्तरीमा १३ कैदीको सजाय मिनाहा

महोत्तरीमा १३ कैदीको सजाय मिनाहा

महोत्तरी। संविधान दिवसको अवसरमा बुधबार महोत्तरी कारागारबाट १३ जना कैदीको कैद सजाय मिनाहा गरिएको छ ।

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका ५० प्रतिशत कैद अवधि पूरा गरेको १२ जना र ४० प्रतिशत कैद अवधि पूरा गरेको १ जना गरी जम्मा १३ जना कैदीहरूको कैद सजाय माफ गरिएको महोत्तरी कारागार कार्यालयका प्रमुख रामचन्द्र साहले जानकारी दिए।

संवैधानिक व्यवस्था अनुसार सरकारले देशभरका ६७० जना कैदीहरूको माफी मिनाहा गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको भदौ २९ को सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी देशभरका६७० जना कैदी मध्ये महोत्तरी कारागारबाट १३ जना कैदीको कैद माफी भएको कारागार कार्यालय महोत्तरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved